+
+
Shares

ओलीले पोस्टर सार्वजनिक गर्दै भने– म झोले हो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १२:२०

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।

दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।

पोस्टर बाहेक पनि स्टाटस लेखिएको छ । जहाँ ओलीले झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।

केही दिन अगाडि सार्वजनिक भाषण मार्फत् पनि आफू झोलेको भएको बताएका थिए ।

आजै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?