
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सुरु गरेको छ ।
- सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंका होटलहरूबीच सञ्चालन भइरहेको छ।
१९ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।
देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।
पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।
बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ ।
नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ ।
पर्यटनले प्रत्यक्ष–अप्रत्यक्षरूपमा हजारौँ श्रमिकहरूको रोजगारी सुनिश्चित गरेको छ, जसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाइएको छ ।
प्रतिक्रिया 4