+
+
Shares

ग्लोबल आईएमई बैंकद्वारा टोखा र रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १९:३३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।

बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा एक हजार वटा फलफूलको विरुवा रोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा १५ सय बाँसका विरुवा रोपण गरेको छ ।

बैंकले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख, नेपाली सेना र नेपाली प्रहरीका जिल्ला प्रमुख, स्थानीयसहितको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस वर्ष मुलुकभरि १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिने बैंकले जनाएको छ । यो कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?