+
+
Shares

बागमती नदीभित्र किन चलिरहेछ डोजर ?

कतै नदीबाट उठाएको माटो, गेग्य्रान टिपरले उठाएर लगिएको छ भने कतै करिडोरका पार्कमा राखिएको छ । कतै नदी कटान क्षेत्रमा फिलिङ भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका नदीहरूमा मनसुनको पूर्वसन्ध्यामा गेग्य्रान हटाउन धमाधम डोजर चलिरहेको छ।
  • सहरी विकास मन्त्रालयले नदीको सतह घटाउन र जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थालिएको जनाएको छ।
  • गेग्य्रान टिपरले उठाएर लगिएको छ भने कतै करिडोरका पार्कमा राखिएको छ।

२० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका बागमती लगायत नदीमा केही दिनयता धमाधम डोजर चलिरहेको छ । बागमती, मनोहरा, धोबीखोला, विष्णुमती लगायत नदीमा डोजरले अहिले धमाधम माटो निकालिरहेको छ । कतै नदीबाट उठाएको माटो, गेग्य्रान टिपरले उठाएर लगिएको छ भने कतै करिडोरका पार्कमा राखिएको छ । कतै नदी कटान क्षेत्रमा फिलिङ भइरहेको छ ।

मनसुन डरले हटाइँदै गेग्य्रान

उपत्यकाका स्थानीय तह, बागमती सभ्यता एकीकृत विकास समिति लगायत सरकारी कार्यालयले मनसुन नजिकिएसँगै खोलाका गेग्य्रान डोजर चलाएर हटाउन थालेका हुन् ।मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा भएको छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिम ध्यान दिँदै बागमती नदीमा गेग्य्रान हटाउन डोजर चलाइरहेको बताए ।

वर्षातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालय अन्तर्गत देशभरि रहेका स्थानीय सडक, पुल र बेलीब्रिज लगायत पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीबारे छलफल बोलाइएको थियो ।

छलफलमा सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए । ‘विगतका घटनाबाट पाठ सिकेर नदी समयमै सफा गरिरहेका छौं । उपत्यकामा नदीको बढेको सतह घटाउन गेग्य्रान हटाइरहेका छौं,’ उनले भने । मौसम पूर्वानुमान रिपोर्ट अनुसार आवश्यक सतर्कता अपनाइने उनले बताए ।

‘विपद्‌बाट बच्न खोजिँदै’

बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्य्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदीबाट गेग्य्रान हटाउने काम भइरहेको छ ।

समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरी आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताए ।

‘विपद् हेर्ने गरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयमा फोकल पर्सन तोकेर काम भइरहेको छ,’ सिग्देलले भने । सिग्देलले अघिल्लो वर्षको बाढीबाट क्षति पुगेका १० वटा झोलुंगे पुल निर्माण कार्य सकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?