+
+
Shares

एनसेलले ‘लिग अफ क्रिएटर्स’ आयोजना गर्ने, विजेतालाई १० लाखको ब्रान्ड डिल

प्रतियोगिता मार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले ‘लिग अफ क्रिएटर्स’ अभियान सुरु गरी डिजिटल सामग्री निर्मातालाई पहिचान र सशक्तिकरण गर्ने योजना बनाएको छ।
  • प्रतियोगितामा सहभागीहरूले ३० देखि ९० सेकेन्डको भिडियो तयार गरी टिकटक र इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ, अन्तिम म्याद २७ जेठ हो।
  • उत्कृष्ट ५० क्रिएटरलाई प्रशिक्षण र मेन्टरसिप प्रदान गरिनेछ र ग्रान्ड फिनाले १४ असारमा आयोजना हुनेछ।

२० जेठ, काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियान सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।

‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने उत्साहजनक नारासहित सुरु भएको यो अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने एनसेलले जनाएको छ ।

प्रतियोगिता मार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।

सहभागी प्रतियोगीलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तन्डुकार जस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्व र चर्चित क्रिएटरले मार्गदर्शन गर्नेछन् ।

‘यो केवल प्रतियोगिता मात्र होइन, सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरसिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्, यस अभियान मार्फत हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्मातालाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्री मार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं,ल एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, ‘नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं ।’

प्रतियोगिताका लागि १८ जेठदेखि दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटरले सहभागिता जनाउन सक्छन् ।

सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्ने जनाइएको छ ।

एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । भिडियो पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ हो ।  भिडियो पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ हो ।

देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० क्रिएटरलाई मेन्टरले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरसिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० क्रिएटर ५ जना मेन्टरको नेतृत्वमा रहने समूहमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् ।

यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागीले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नुपर्ने हुन्छ र विज्ञ निर्णायकले त्यसको मूल्यांकन गर्नेछन् ।

‘लिग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले १४ असार २०८२ मा आयोजना गरिने र विजेता घोषणा गरिने छ । उत्कृष्ट प्रतिभालाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिने छ ।

मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्ने छ । यस्तै नेपालका शीर्ष क्रिएटरसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसर यस प्रतियोगिताका थप आकर्षण हुन् ।

साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिले सहभागी क्रिएटरको सामग्री मूल्यांकन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?