+

एरिका विश्व वरियताको २७औं स्थानमा

२०८२ जेठ  २० गते २३:५० २०८२ जेठ २० गते २३:५०
एरिका विश्व वरियताको २७औं स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते स्टार एरिका गुरुङ विश्व वरियतामा २७औं स्थानमा उक्लेकी छिन् ।
  • उनले मोरक्कोको रातवमा भएको कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेपछि वरियतामा २३ स्थान सुधार गरेकी हुन् ।
  • पहिलो पटक प्रिमियर लिग खेल्दै उनले ऐतिहासिक पदक जितेपछि अब अर्को वर्ष स्वतः खेल्ने अवसर पाउनेछिन् ।

२० जेठ, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ विश्व वरियतामा २७औं स्थानमा उक्लेकी छन् ।

पहिलो पटक कराते वान प्रिमियर लिग खेल्दै ऐतिहासिक कांस्य पदक जितेपछि एरिकाले आफ्नो क्याटेगोरीको वरियतामा फड्को मारेकी हुन् ।

मोरक्कोको रातवमा भएको कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी एरिका महिला ६८ केजीमाथि समूहमा  २३ स्थान फड्को मार्दै २७औं स्थानमा उक्लेको करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।

पहिलो पटक प्रिमियर लिग खेलेकी एरिकाले पहिलो सहभागितामै ऐतिहासिक पदक जित्दै मंगलबारै स्वदेश फर्किएकी थिइन् । प्रिमियर लिगमा हरेक क्याटेगोरीमा शीर्ष ३२ भित्रका खेलाडीले खेल्ने प्रावधान भएकोले एरिका सुरुमा छनोट नभएपनि पछि रिप्लेसमेन्ट प्लेअरको रुपमा खेल्ने अवसर पाएकी थिइन् । जहाँ वरियतामा माथि रहेका खेलाडीहरुलाई माथ दिँदै एरिकाले पदक जित्न सफल भइन् । मंगलबार स्वदेश पर्किएपछि एरिकाले यो नेपाली करातेमा नयाँ सुरुवात भएको र धेरै गर्न बाँकी रहेको प्रतिक्रिया दिएकी थिइन् ।

एरिकाले अब अर्को वर्ष हुने कराते प्रिमियर लिगहरु स्वत खेल्न पाउनेछिन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय