+

सुर्यकुमार आईपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’, सुदर्शन उत्कृष्ट युवा खेलाडी

२०८२ जेठ  २१ गते ७:३४ २०८२ जेठ २१ गते ७:३४
सुर्यकुमार आईपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’, सुदर्शन उत्कृष्ट युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग २०२५ को मोस्ट भ्यालुएबल प्लेयर सुर्यकुमार यादव घोषित भए।
  • सुदर्शनले सबैभन्दा धेरै रन र चौका प्रहार गरे र उत्कृष्ट युवा खेलाडी अवार्ड पाए।
  • रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक आईपीएल उपाधि जित्यो।

२१ जेठ, काठमाडौं । भारतमा मंगलबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) मुम्बई इन्डियन्सका ब्याटर सुर्यकुमार यादव घोषित भएका छन् ।

सुर्यकुमार मुम्बईका लागि कन्सिस्टेन्ट ब्याटिङ गरेका थिए । हरेक खेलमा २५ भन्दा माथिको स्कोर बनाएका उनले १६ खेलमा ६४ को औसतले ७१७ रन बनाए ।

मुम्बई प्लेअफमा पुगेर दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग पराजित भएर छैटौं उपाधि जित्ने यात्रा टुंगिएको थियो ।

त्यस्तै सिजनमा सबैभन्दा धेरै रन बनाउने खेलाडी (ओरेन्ज क्याप) गुजरात टाइटान्सका साइ सुदर्शन रहे । उनले १५ खेलमा ५४ को औसतले ७५९ रन बनाए ।

उत्कृष्ट युवा खेलाडी (इमर्जिङ प्लेयर)को अवार्ड पनि सुदर्शनले नै पाए । सबैभन्दा धेरै चौका पनि उनले नै प्रहार गरेका थिए । उनको टोली गुजरात इलिमिनेटरबाट बाहिरिएको थियो ।

सबैभन्दा धेरै विकेट गुजरातकै प्रसिध कृष्णाको नाममा रह्‍यो । उनले कुल २५ विकेट लिए । सबैभन्दा धेरै छक्का लखनउका निकोलस पूरनले प्रहार गरेका थिए ।

यस सिजनको ‘क्याच अफ द सिजन’ अवार्ड सनराइजर्स हैदराबादका कमिन्दु मेन्डिसले प्राप्त गरे। उनले चेन्नई सुपर किङ्ससँगको खेलमा लङअफमा शानदार फ्लाइङ क्याच लिएका थिए ।

खेल भावनाको उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पाउने फेयर प्ले अवार्ड भने अंकतालिकामा पुछारमा रहेको पाँचपटकको विजेता चेन्नई सुपर किङ्सले जितेको छ ।

मंगलबार सम्पन्न आईपीएलको फाइनलमा पञ्जाब किङ्सलाई हराएर रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक उपाधि जितेको छ ।

आईपीएल क्रिकेट साइ सुदर्शन सुर्यकुमार यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय