News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
- खेल हङकङ नेसनल स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ।
- नेपाल र हङकङबीच यसअघि भएको एकमात्र खेल १९८८ मा बराबरीमा सकिएको थियो।
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ ।
खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो ।
फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ ।
नेपाल र हङकङबीच यसअघि भएको एक मात्र खेल बराबरीमा सकिएको थियो ।
सन् १९८८ मा काठमाडौंको दशरथ रंगशामा भएको एसियन कप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ । उक्त खेल खेल्नुअघि हङकङसँगको खेलले नेपाललाई राम्रो तयारी हुने विश्वास छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा हङकङ राम्रो टिम भएपनि नेपालले उच्च मनोबलका साथ खेल्ने र जितकै लागि खेल्ने बताएका थिए । रोसले यो मैत्रीपूर्ण खेल मात्र नभई लाओस विरुद्धको खेलका लागि तयारी समेत रहेको बताएका छन् ।
यस्तै कप्तान किरण चेम्जोङले विपक्षीलाई सम्मान गर्दै राम्रो प्रदर्शन गर्ने बताएका थिए ।
प्रतिक्रिया 4