News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नेपाली महिला टिमको नयाँ प्रशिक्षक बनाउने तयारी गरेको छ।
- उनी नेपाल आइपुगेका छन् र चयन समितिले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।
- नेपालले अब प्याट्रिकको प्रशिक्षणमा महिला एसियन कप छनोट खेल्नेछ।
२२ जेठ, काठमाडौं । बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् । उनी नेपाल आइपुगिसकेका छन् ।
एन्फाले प्याट्रिकलाई महिला टोलीको प्रशिक्षको रुपमा घोषणा गर्ने तयारीमा छ ।
एन्फाले प्रो लाईसेन्स प्राप्त प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । प्रशिक्षक छनोट समितिले प्याट्रिकसहित २ जनालाई सर्टलिस्ट गरेकोमा त्यसबाट प्याट्रिकलाइ नियुक्त गर्ने तयारी गरेको हो ।
नेपाली महिला टिम भर्खर थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेर फर्केको छ । अब प्याट्रिकको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।
प्याट्रिकले नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणमा काठमाडौं रेजर्स एफसीको प्रशिक्षण गरेका थिए ।
प्रतिक्रिया 4