+
+
Shares

‘अभिमन्यु’ २७ भदौमा आउने, हिन्दी र नेपालीमा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति २७ भदौ तोकिएको छ र टीजर पोस्टर सार्वजनिक गरिएको छ।
  • यस फिल्मले चक्रव्यूह र पैसाको संघर्षलाई मुख्य विषय बनाएको छ र मुख्य कलाकारहरू सरिता गिरी, गौमाया गुरुङ लगायत छन्।
  • निर्देशक सुशान्त गौतम र निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्, फिल्म विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।

काठमाडौं । फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति घोषणा भएको छ । टीजर पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौमा आउने जनाएका हुन् ।

‘९९ दिन’ बाँकी रहेको बताउँदै उल्टो गणना पनि सुरु भएको जनाइएको छ ।

पोस्टरमा तराइको फाँट चित्रण छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको भूगोल देखाउँछ । एक युवकले नानीलाई विद्यालय पोशाकमा हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ ।

उनीहरू दुवै मधेश क्षेत्रका छन् । यो फिल्म अहिले सम्पादन टेबुलमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देव, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।

यसअघि सार्वजनिक थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा फिल्म आधारित छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको पटकथा रहेको फिल्मको सिर्जनात्मक निर्देशक मदन थापा हुन् ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

जीवन शाक्य लाइन प्रोड्यूसर रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक, शरद महतो छायांकारको रुपमा छन् ।

यो फिल्म सो मितिमा विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?