
२२ जेठ, काठमाडों । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै संसद् सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए ।
‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ?,’ देउवाले भने, ‘कतिपय कुराहरूमा असहमति होला तर आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’
वर्तमान सरकार २०८४ सम्मै राम्रोसँग सञ्चालन हुने उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4