
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस र रास्वपा का नेताहरूबीच संसदको गतिरोध विषयमा बैठक शंकर हलमा भएको छ।
- बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने र समर्थन गर्ने पक्षबीच असमझदारी रहेको छ।
- विपक्षी दलले बजेट प्रस्तुत गर्न संसद बैठक सञ्चालन गर्न नदिएको जानकारी दिइएको छ।
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।
रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसद्को गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ ।
संसद् भवनमा दुई पक्षबीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । संसद् भवनको शंकर हलमा दुई दलका नेताको बैठक भएको उनले बताए ।
भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । सत्तापक्ष कांग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडानमा छन् ।
संसद्मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले संसद् बैठक सञ्चालन भने हुन दिइरहेका छैनन् ।
प्रतिक्रिया 4