+

प्याट्रिक महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

२०८२ जेठ  २२ गते १६:३७ २०८२ जेठ २२ गते १६:३७
प्याट्रिक महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • उनले एक वर्षको लागि सम्झौता गरेका छन् र शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ।
  • प्याट्रिकले यसअघि नेपालमा काम गरिसकेका छन् र नेपालको महिला फुटबल टिमको दोस्रो विदेशी प्रशिक्षक हुन्।

२२ जेठ, काठमाडौं । प्याट्रिक डे वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) बेल्जियमका प्याट्रिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

‘राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका फ्याट्रिक डे वाइल्ड नियुक्त हुनुभएको छ’ एन्फाले विज्ञप्तिमा जनाएको छ । नवनियुक्त मुख्य प्रशिक्षकलाई एन्फा महासचिव किरण राईले बिहीबारै एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण समेत गरेका छन् ।

एन्फाले प्याट्रिकसँग एक वर्षको लागि सम्झौता गरेको छ । एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरेर प्याट्रिकलाई सार्वजनिक गर्ने जनाएको छ ।

प्याट्रिक डे वाइल्ड बिहीबारै बिहान नेपाल आइपुगेका थिए । उनले यसअघि नेपालमा आएर काम गरिसकेका छन् ।

केही समयअघि भएको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक बनेर काम गरेका थिए । जहा रेजर्सले पाँचौ स्थानमा रहेर लिग सकाएको थियो ।

अब उनले यही जुन अन्तिममा उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटबाट नेपाली टिमको प्रशिक्षण सम्हाल्नेछन् ।

प्याट्रिक डे वाइल्ड नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने दोस्रो विदेशी प्रशिक्षक हुन् भने प्रो लाइसेन्स प्राप्त पहिलो विदेशी प्रशिक्षक हुन् ।

एन्फाले यस पटक महिला फुटबल टिमका लागि पनि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्न आवदेन खुलाएको थियो । जसमा २१ जनाले आवेदन दिएका थिए भने एन्फाले प्याट्रिक डि वाइल्डसँगै भुटानको प्रशिक्षक भएर काम गरिसकेका निकोला डेभाइनलाई अन्तिम दुई जनाको सूचीमा सर्टलिस्ट गरेको थियो ।

त्यसबाट प्रशिक्षक छनोट समितिले प्याट्रिकलाई सिफारिस गरेको हो ।

यसअघि सन् २०१९ मा अष्ट्रेलियन ग्लेन फिलिप्स नेपाली महिला फुटबल टिमको प्रशिक्षक बनेका थिए । उनले पनि महिला एसियन कप छनोटमा नेपालको प्रशिक्षक भएर काम गरेका थिए ।

तर नेपाललाई एसियन कपमा छनोट गराउन भने सकेनन् ।

प्याट्रिक डे वाइल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय