
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठक काठमाडौंमा जारी छ।
- बैठकपछि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको छ।
- माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
अहिले पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक जारी छ ।
बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।
अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बैठकमा यसबारे छलफल गर्नका लागि कानुन व्यवसायीहरू पनि सहभागी छन् ।
अख्तियारले मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।
पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4