+
+
Shares

नेपाललाई बर्तौलाको सुझाव : लोकप्रियताका लागि प्रतिशोधपूर्ण अभिव्यक्ति नदिनुस्   

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १९:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रधानमन्त्रीप्रति प्रतिशोधपूर्ण टिप्पणी नगर्न आग्रह गरेको छ।
  • माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाएका थिए।

२२ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीप्रति प्रतिशोधपूर्ण टिप्पणी नगर्न आग्रह गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाएका थिए ।

नेपालको उक्त भनाइप्रति लक्षित गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले बिहीबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीप्रति प्रतिशोधपूर्ण आरोप नलगाउन आग्रह  गरेका हुन् ।

‘उहाँहरूको प्रतिशोधपूर्ण आरोप हो । अरू केही नभएपछि यस प्रकारको आरोप लगाउने कुरा उपयुक्त होइन । यो स्वयं उहाँहरूको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । त्यसकारणले गर्दा सम्मानीय प्रधानमन्त्रीज्यूलाई यस किसिममा  रुचि किन राख्नुपर्‍यो ?  संवैधानिक आयोगले गरेका काम प्रक्रियामा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यको अंगहरूमाथि यस प्रकारको फितलो टिप्पणी गर्नु राम्रो होइन,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काम प्रक्रियाका बारेमा जजमेन्ट गर्ने राज्यका अन्य कानुन बमोजिम निर्माण भएका अदालती संरचनाहरू रहेको उनको भनाइ छ ।

आयोगले गरेका कामकारबाहीप्रति राज्यका अदालती संरचनाहरूबाट उपयुक्त व्याख्या हुने भन्दै उनले सस्तो लोकप्रियताका लागि आलोचना गर्ने पूर्वाग्रही र प्रतिशोधपूर्ण अभिव्यक्ति दिनु उपयुक्त नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?