
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अख्तियारको छानबिनलाई आश्चर्यजनक नभएको बताए।
- उनले अख्तियारले मुद्दा दायर गरेमा टिप्पणी गर्न नहुने बताए।
- मन्त्री गुरुङले संसद्को गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे।
२३ जेठ, काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अधिकार दुरुपयोग गरिएका कुनै पनि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु आश्चर्यजनक नभएको प्रतिक्रिया दिएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा टिप्पणी गर्नु उचित नभएको बताए ।
‘अधिकार दुरुपयोग गरिएका कुनै पनि घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु अनौठो होइन,’ उनले भने ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
त्यसको भोलिपल्ट सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङको यस्तो भनाइ आएको हो ।
फरक प्रसंगमा उनले संसद्को गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । गतिरोध अन्त्य भएर चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4