+
+
Shares

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ जेठमा झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी सहायक निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भयो।
  • उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए र घरबाट कार्यक्षेत्र जाँदै गर्दा दुर्घटना भएको थियो।
  • प्रहरीले बताए अनुसार, दुर्घटना आफैं अनियन्त्रित भई भएको हो र उपचारका क्रममा उनको मृत्यु भयो।

२५ जेठ, विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए ।

घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?