
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरभल वाकिङ ट्रेनिङ (आईडब्लुटी) जापानी वैज्ञानिकहरूले २००७ मा विकसित गरेका हुन्।
- यसले मुटुरोगको जोखिम घटाउने, रक्तचाप र बीएमआई सुधार गर्ने अध्ययनले देखाएको छ।
- अध्ययन अनुसार, मध्यम–तीब्र गतिमा हिँड्ने व्यक्तिहरू सबैभन्दा बढी स्वास्थ्य लाभ प्राप्त गर्दछन्।
इन्टरभल वाकिङ ट्रेनिङ (आईडब्लुटी) जापानी अनुसन्धानकर्ताहरूले कार्डियोमेटाबोलिक स्वास्थ्य सुधार गर्न विकसित गरेको हिँडाइको एक प्रकार हो । यसलाई ‘जापानी हिँडाइ’ भनेर पनि चिनिन्छ ।
यसमा छिटो र ढिलो हिँड्ने तरिका समावेश छ । व्यायमका लागि लागि परम्परागत किसिमको हिँडाइ नभई यसमा व्यक्तिहरूको ३ मिनेट छिटो-छिटो हिँड्ने र फेरि ३ मिनेट ढिलो हिँड्ने गर्छन् । यो प्रक्रिया ६ पटकसम्म दोहोरिन्छ र जम्मा ३० मिनेटको व्यायाम गरिन्छ ।
यो प्रविधिलाई जापानिज वैज्ञानिकहरूले सन २००७ मा प्रतिपादन गरेका थिए । विशेष गरी उमेर ढल्किएका व्यक्तिमा यसले मुटुरोगको जोखिम घटाउने, मांसपेशी बलियो बनाउने अध्ययनले देखाएको छ ।
यो कुनै एक व्यक्तिले निकालेको उपाय नभई सामूहिक प्रयासबाट प्रतिपादन भएको हो ।
यो सबै उमेर र अवस्थाका व्यक्तिहरूका लागि पहुँचयोग्य शारीरिक व्यायम हो ।
परम्परागत हिँडाइको तुलनामा, आईडब्लुटी गर्ने व्यक्तिहरूको रक्तचाप, बीएमआई(उचाइ र तौलको अनुपात), सुगरको स्तर ठिक कायम राख्ने र अन्य स्वास्थ्य मापदण्डहरूमा उल्लेखनीय सुधार हुने अध्ययनले देखाएका छन् ।
परम्परागत हिँडाइका तुलनामा आईडब्लुटी हिँडाइले थोरै समयमा प्रभावकारी फाइदा मिल्ने दावी वैज्ञानिकहरूको छ । जस्तो-:स्वस्थ रहन दिनमा १० हजार पाइला हिँड्नुपर्छ भनिन्छ, त्यसका लागि धेरै समय लाग्छ ।
आईडब्लुटीको बारे जापानिज वैज्ञानिकहरूले गरेको पहिलो अध्ययनको रिपोर्ट ‘मेयो क्लिनिक प्रोसिडिङ्समा प्रकाशित गरिएको छ । जसमा सन् २००४ मा १८ मे देखि १५ अक्टुबरसम्म ५ महिना अध्ययन गरिएको बताइएको छ । ६० जना पुरुष र १८६ पुरुषमा यो अध्ययन गरिएको थियो । उनीहरूको औषत उमेर ६३ वर्ष छ । अध्ययनमा परम्परागत हिँडाइ र आईडब्लुटीको प्रभावकारिताबारे तुलना गरिएको छ ।
अध्ययनमा सहभागीहरुलाई तीन समूहमा विभाजन गरिएको थियो । जसमा एउटा समूहलाई कुनै प्रशिक्षणबिना सामान्य तरिकाले हिँड्न भनिएको थियो भने अर्काे समूहका व्यक्तिलाई छिटो–ढिलो गरी आईडब्लुटीको नियमअनुसार हिँडाइएको थियो । तेस्रो समूहलाई तीब्र गतिमा मात्रै हिँड्न भनिएको थियो।
या प्रयोगमा मध्यम–तीब्र गतिमा दौडने समूहका रहेका व्यक्तिहरु सबैभन्दा बढी लक्ष्यमा सफल भए । व्यायाममा नियमितता उनीहरूको बढी रह्यो । स्वास्थ्यका मापदण्डहरू
रक्तचाप, ब्लड सुगर, बीएमआईहरू ठिक हुन मद्दत गरेको पाइयो । अक्सिजन ग्रहण गर्ने शरीरको क्षमतामा वृद्धि हुनुका साथै स्थिरता र सन्तुलनका सूचक राम्रो देखिए ।
२०२४ मा आईडब्लुटीबारे गरिएको समीक्षामा यो हिँडाइ मध्यम र वृद्ध उमेरका व्यक्तिका लागि निकै लाभदायक रहेको निष्कर्ष निकालिएको छ । कुनै जटिल रोग नभएका स्वस्थ, पाचन सम्बन्धी समस्या भएका र टाइप २ मधुमेह भएका व्यक्तिका लागि यो उपयुक्त रहेको वैज्ञानिकहरूको भनाइ छ ।
आईडब्लुटीका लागि चिकित्सकहरूका केही टिप्स
-इन्टरभल वाकिङ ट्रेनिङ हरेक दिन ३० मिनेट र सातामा कम्तिमा ५ दिन यो व्यायम गर्ने ।
– यदि आफ्नो अवस्था ३० मिनेटको लक्ष्यका लागि ठिक छैन भने । सक्ने मात्रै लक्ष्य निर्धारण राख्ने ।
-हिँडाइ तीव्र बनाएका बेला बोल्ने अभ्यास पनि गर्ने । केही शब्दहरू मात्र बोल्ने र सास फेर्न आवश्यक छ ।
– हिँड्दा सहज हुने खालको जुत्ता लगाउने ।
-आफ्नो शरीरको अवस्था बुझ्ने। यदि व्यायम गर्दा दुखाइ हुन्छ । चक्कर लाग्छ भने, गति कम गर्ने वा रोकेने।
-यदि पहिलो दिन इन्टरभल वाकिङ ट्रेनिङ सुरु गरिएको छ भने सामान्य लक्ष्य राखेर बिस्तारै अर्को दिनबाट बानी पार्न पनि सकिन्छ ।
-सुरु गर्नुअघि चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ।
प्रतिक्रिया 4