+
+
Shares

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ११:१०

२६ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको छ ।

बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार  र शरीरमा चोट लागेको शव भेटिएको हो ।

घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

‘बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ । घटनास्थलमा हथौडा भेटिएको छ तर उसको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएन’,  डिएसपी बस्नेतले भने, ‘बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेका छौं तर अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।’

साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

बिहान ५ बजे प्रहरीले सडकमा मानिस मरेको अवस्थामा भेटिएको सूचना पुगेको थियो । साढे १/२ बजेसम्म मानिसहरु हिँड्दा नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचनापछि प्रहरी पुगेर हेर्दा घटना ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।

राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?