
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले ‘मनसुन अफर– सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ ।
- अफर अन्तर्गत १०० एमबीपीएस इन्टरनेट राउटर सहित ८ हजार ५ रुपैयाँमा उपलब्ध हुनेछ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले ‘मनसुन अफर– सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले १०० एमबीपीएस उच्च गतिको इन्टरनेट सेवासहित यो अफर ल्याएको हो ।
यस अफर अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज ८ हजार ५ रुपैयाँमा उपलब्ध गराइने र उक्त मूल्यमा कुनै थप शुल्क नलाग्ने (भ्याटसहित) कम्पनीले जनाएको छ ।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, ‘वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो । १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन भइरहेका बेला ग्राहकलाई मध्यनजर गर्दै यो विशेष अफर ल्याइएको हो ।’
उनले हाल वाईफाई नेपालको सेवा देशभर ४८ शाखा र १०० भन्दा बढी सहरमा सेवा विस्तार भइसकेको र सेवा सुरु गर्न ४ सय ४३ जना प्राविधिक जनशक्ति परिचालनमा रहेको जानकारी दिए ।
प्रतिक्रिया 4