+
+
Shares
नाटक :

नाटकमा अभिनय गरेपछि बन्द भएको मुल फुट्यो : रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ अहिले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ।
  • रेखाले ‘मीरा’ नाटकमा मीराको भूमिका निर्वाह गरेकी छन् र उनले आफ्नो अनुभव साझा गरेकी छन्।
  • नाटक असार ७ गतेसम्म मञ्चन हुनेछ।

काठमाडौ । अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ अहिले कान्तिपुुर थिएटरमा मञ्चन भैरहेको छ । पहिलो नाटकमै रेखाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेकी छन् ।

नाटकका कलाकार धमाधम फिल्ममा आइरहँदा रेखाको थिएटर प्रवेशले फिल्म पृष्ठभूमि भएका अन्य कलाकारलाई नाटकतर्फ जान प्रेरित गर्नसक्ने विश्वास छ । यस्तोमा १ घण्टा २० मिनेटको नाटकमा रेखाले पहिलोपटक ‘लाइभ पर्फमेन्स’ दिएकी छन् ।

यो नाटकमा रेखाले शीर्ष पात्र मीराको भूमिका निर्वाह गरेकी छन् । उनले आफ्नो आफ्नो डेब्यु नाटकमा अभिनय गर्दाको अनुभव प्रशंसकमाझ साझा गरेकी छन् । नाटकमा अभिनय गर्दा आफूभन्दा बन्द भएको अभिनयको मुल फुटेको उनको महसुस छ ।

मीरा पात्रमा अभिनय गर्दा जीवन्त अनुभव गरेको बताउँदै रेखाले आफूभित्र ऊर्जा थपिएको बताएकी छन् । पछिल्लो १५ दिनमा आफूले आफूलाई कलाको साधकको रुपमा प्रस्तुत गरेको रेखा बताउँछिन् ।

रेखा लेख्छिन्, ‘मीरा पात्रमा आफूलाई दर्शक भएर हेर्दा जीवन्त अनुभव गरिरहेकी छु । म भित्र पुनः एकपटक ऊर्जा थपिएको छ । अब सबै कुरा पाएँ, म सफल भएँ, अब मैले जे गरे पनि हुन्छ, सफलताले त्यस्तो सोच आउँदो रहेछ । तर, वास्तविकता त्यसो होइन रहेछ, नाटकमा अभिनय गरेपछि बन्द भएको एउटा मुल फुटेको पाएको छु । यो १५ दिन मैले आफूलाई कलाको साधक भएर साधना गरिरहेको जस्तो महसुस भएको छ । रंगमञ्चमा अभिनय गर्दा मैले आफूलाई प्रत्यक्ष रुपमा अनुभव गरिरहेकी छु ।’

रेखाको डेब्यु नाटक असार ७ गतेसम्म मंचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?