
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा सर्जक डि.आर सुजनको नयाँ गीत ‘दिलमा सिंगो घर’ सार्वजनिक भयो।
- गीतमा ‘चेलीबेटी बेचबिखन तथा ओसारपसार जघन्य अपराध हो’ भन्ने सन्देश प्रस्तुत गरिएको छ।
- प्रकाश भट्टको निर्देशन र सरिता कार्की, सन्दिप न्यौपानेको स्वर रहेको गीतले अपराध विरुद्धको कथा चित्रण गर्दछ।
२७ जेठ, काठमाडौँ। गायक तथा सर्जक डि.आर सुजनको शब्द, संगीत रहेको नयाँ गीत ‘दिलमा सिंगो घर’ सार्वजनिक गरिएको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतमा सरिता कार्की र सन्दिप न्यौपानेले स्वर दिएका छन् ।
गीतमार्फत “चेलीबेटी बेचबिखन तथा ओसारपसार जघन्य अपराध हो’ भन्ने संदेश सहितको कथा प्रस्तुत गरिएको छ ।
गीतमा गाउका सोझा साझा चेलीहरुलाई ललाई फकाई गरि प्रेम जालमा पारेर बिहे गरि लगेर बेच्नै लाग्दा अपराधीलाई प्रहरीले जेल सम्म पुर्याएको कथालाइ यथार्थ चित्रण गरिएको छ ।
गीतकार तथा संगीतकार डि.आर सुजनका यसअघि पनि फुली नाकैमा, उडेको चरी, नेपाली हाम्रो जात, बाउआमा ३ सजाय, प्रदेशी काइलो, जोडी मरेको, धुरु धुरु, बैस जोबान उम्रो लगायतका दर्जनौँ गीतहरु बाहिर आएका छन् ।
गीतमा सर्जक सुजन सहित सरिता र सन्दिपको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया 4