
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले लागुऔषध कारोबारको सूचनाका आधारमा दुई भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिइएको छ।
- उनीहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ र अवस्था खतरामुक्त रहेको बताइएको छ।
२७ जेठ, काठमाडौं । लागुऔषध कारोबारको गरेको सूचना पाएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।
ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ ।
दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । यही समूहका दुई जनालाई भने लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले हिरासतमा रोखको छ । हिरासतमा रहनेमा १८ वर्षका भारतीय नागरिक सुमीतकुमार र भारतकै २५ वर्षीय चन्दनकुमार छन् । सुरुमा प्रहरीले दुई जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।
उनीहरूकै सूचनाका आधारमा अपरेसन गर्दा टोखाको ग्राण्डी नजिक थप दुई भारतीय लागुऔषध कारोबारी फेला परेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
सुरुमा प्रहरीले चार राउन्ड हवाई फायर गर्दै उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर पनि उनीहरू फरार भएको प्रहरीले बताएको छ । त्यसपछि प्रहरीले घुँडामुनि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया 4