+
+
Shares

प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागु औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको टोकाको ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले गोली चलाएर दुई भारतीय र थप दुई व्यक्तिलाई नियन्त्रणमा लिएको र १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको बताइएको छ।
  • उनीहरूको साथबाट नियन्त्रणको क्रममा दुई प्रहरी घाइते भएका छन् र थप विवरण भने खुलाइएको छैन।

२७ जेठ, काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए । ‘चार जना नियन्त्रणमा छन् । भारतीय नागरिक भन्ने बुझिएको छ । कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन’ एसएसपी कोइरालाले भने ।

प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?