News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलले पाराग्वालाई पराजित गरी २०२६ को विश्वकप छनोटमा स्थान बनायो।
- खेलमा भिनिसियस जुनियरले गोल गरे ।
- इक्वेडर र ब्राजिलले विश्वकपमा स्थान पक्का गरे, अर्जेन्टिना पहिले नै छनोट भएको थियो।
२८ जेठ, काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । बुधबार घरेलु मैदान साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै ब्राजिल छनोट भएको हो।
खेलको ४४औं मिनेटमा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले माथिस कुन्हाको पासमा गोल गर्दै ब्राजिललाई जित दिलाए। यो खेल ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको लागि पहिलो जित पनि हो।
यो जितसँगै ब्राजिल १६ खेलमा २५ अंकसहित दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा छ र शीर्ष ६ भित्र पर्ने टोलीका रूपमा विश्वकपको सिधा स्थान पक्का गरेको छ।
यससँगै ब्राजिल सबै संस्करणको फिफा विश्वकपमा छनोट हुने एकमात्र टोलीको हैसियत कायम राख्न सफल भएको छ।
ब्राजिलसँगै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । बुधबार पेरुसँग गोलरहित बराबरी खेलेपछि इक्वेडर पनि छनोट हुने पक्का भएको हो ।
इक्वेडरको पनि ब्राजिलसँग समान १६ खेलबाट २५ अंक छ ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ ।
प्रतिक्रिया 4