+
+
Shares
विमान विद्रोहको सम्झना :

५२ वर्षअघि २८ जेठमा विमान विद्रोह हुँदा

विस्फोटक पदार्थ सहित समातिएर म पूर्णियास्थित भारतको त्यही अररिया कोर्ट जेलमा बसेथें जहाँ विमान अपहरणपछि चक्र बाँस्तोलाले दार्जीलिङमा भाडामा लिएको घरका धनी एलपी शर्मा र फारबिसगञ्जमा रहेको एक मोटर ग्यारेजका मालिक गणेश मिस्त्रीलाई समेत भारत सरकारले गिरफ्तार गरेर राखेको थियो। यसरी हामी केही समय सँगै बस्यौं।

धर्म गौतम धर्म गौतम
२०८२ जेठ २८ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक दिन गिरिजाप्रसाद कोइरालाले नक्सलबारी आउनुभएको थियो र उहाँले कतै नजानू भन्ने निर्देशन दिनुभयो।
  • नेपालमा २०१७ साल पुस १ गते प्रजातन्त्र पुनःस्थापनाका लागि सशस्त्र क्रान्तिको तयारी भइरहेको थियो।
  • हवाई जहाज अपहरण गरी पैसा कब्जा गर्ने योजना र घटनाका विवरणहरू व्यक्त गरेका छन्।

एक दिन गिरिजाप्रसाद कोइराला दाइ बनारसबाट नक्सलबारी आइपुग्नुभयो। मलाई एकान्तमा राखेर भन्नुभयो- मैले अर्को सूचना नगरेसम्म तिमी यहाँबाट कतै नजानू। त्यस समयमा उहाँले त्यति भनेपछि किन कसो आदि सोध्न मिल्दैनथ्यो। किनभने त्यस समयमा बीपी कोइरालाको आह्वानमा नेपालमा प्रजातन्त्रको पुन:स्थापनाका लागि सशस्त्र क्रान्तिको तयारी भइरहेको थियो।

यस्तोमा पार्टीले गर्ने सम्पूर्ण गतिविधि भूमिगत हुन्थे। यस्ता गतिविधिमा संलग्न पार्टीका कार्यकर्ता नेपालमा जुनसुकै बेला गिरफ्तारीमा पर्न सक्थे। यसरी गिरफ्तार भएका व्यक्तिबाट गोप्य सूचनाहरू चुहाउन नेपालको पुलिस प्रशासन उनीहरूलाई अकल्पनीय यातना दिन्थ्यो। त्यसैले आवश्यक नै नपरेसम्म एकले थाहा पाएका पार्टीका सूचना र जानकारी अर्कोलाई सुनाउन बन्देज थियो।

देशभित्र गिरफ्तारीबाट जोगिन निर्वासित भएका कांग्रेसका कार्यकर्ता नेपाल-भारत सीमा नजिक भारतीय भूमिमा विभिन्न ठाउँमा स-साना समूहमा बस्ने गर्थे। यस्ता समूहको आवास स्थानलाई क्याम्प भनिन्थ्यो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्न उनीहरू एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहन्थे।

यसरी यात्रा गर्दा यथासम्भव पार्टीको क्याम्पमा नै बास बस्ने अभ्यास थियो। यसरी आउजाउ गर्ने परिचित साथीहरूबीच पनि उनीहरूको गतिविधिबारे सोधखोज गर्ने अभ्यास थिएन अर्थात् त्यस्तो सोधीखोजी गर्नु आचारसंहिता विपरित थियो। त्यसैले कहाँबाट आएको, अब कता जाने भन्ने कुरा सम्बन्धित आफैंले भन्यो भने मात्रै अरूलाई थाहा हुन्थ्यो।

गिरिजा दाइले मलाई कतै नजाने त्यो निर्देशन दिएको तीन–चार दिनपछि नक्सलबारी बजारको पश्चिम करिब तीन किलोमिटर जति पर ताराबारी भन्ने बस्तीमा एउटा भाइको विवाह थियो। उनीहरू निरौला भएकाले बेहुलाकी आमालाई म माइजु भन्थें र उनले पनि मलाई भाञ्जै सरह स्नेह गर्थिन्।

भाइ बहिनी त म भनेपछि हुरुक्कै हुने, मसँग जहिले झुम्मिने। नक्सलबारीमा बस्नु भन्दा पहिले दुई तीन महिना म त्यो बस्तीमा बसेको थिएँ, तिनकै छिमेकमा, स्वतन्त्रता सेनानी नन्दीकेशर दाहालको परिवारसँग।

दुई तीन दिन अगाडिबाटै बिहेमा अहिले आइज, भरे आइज भनेर ताकेता गर्दै थिए। यता गिरिजा दाइको निर्देशनका कारण म चटपट गर्न सकिरहेको थिइनँ। त्यो कुरा उनीहरूलाई भन्न पनि नमिल्ने। कसो कसो गर्दै टार्दै थिएँ।

विवाहको अघिल्लो दिन बेलुकी भने साँझतिर पुगें बिहे घरमा साथी राम खड्काका साथ। माइजु लगायत भाइबहिनी रमाए। खाना खाने बेला भएको रहेछ पहिले खानातिरै लागियो। खानापछि आँगनमा चटाइमा बसेर गफिन थाल्यौं।

गर्मी उखरमाउलै थियो। छेउमा मधुर स्वरमा गीत बज्दै गरेको रेडियोले नेपालको समाचार भन्न थाल्यो। समाचारमा ‘विराटनगरबाट काठमाडौं लैजाँदै गरेको भारू पैसा हवाईजहाज अपहरण गरी भारततर्फ लगेर लुटियो’ भनियो।

समाचार सुन्नासाथ मैले गिरिजा दाइको निर्देशन सम्झें। सँगै गएको साथी र म हतारहतार आफ्नो वासस्थान नक्सलबारीतर्फ लाग्यौं। हामी कोठामा आइपुगेको केही समयपछि मनोहरि बराल र विनोद अर्याल त्यहीं आइपुगे। यतिञ्जेलमा हवाईजहाज अपहरणमा भारततर्फबाट संलग्न रहेको भनेर यी दुईको नाम रेडियो नेपालले फुकिसकेको थियो।

हामी बस्ने घर बस स्ट्याण्ड नजिक बजारकै लाइनमा पर्थ्यो। त्यसभन्दा बाहिरपट्टि अलिक एकलास जस्तो ठाउँमा एउटा एकतले ठूलो पक्की घरमा नेपाली कांग्रेसका नेता फत्तेबहादुर बुढाथोकी बस्थे। त्यता सुरक्षित हुने ठानी हामीले ती दुईलाई बुढाथोकीको घरमा लग्यौं।

उनीहरूलाई खाजा खाने व्यवस्था गरेर बाहिरी मूल गेटमा ताला लगाई वातावरण बुझ्न बुढाथोकी बाहिर निस्के। राम र म पनि आफ्नै कोठामा फर्कियौं।एकैछिन पछि एक हुल हतियारधारी पुलिस आएर हामीसँग सोधखोज गर्न थाले।

उनीहरूको आपसको कुरा बुझ्न मैले बंगाली भाषा नबुझ्ने बहाना गरें। राम नबोली बसिरहे। हामी नेपाली कांग्रेसका कार्यकर्ता भएको र दुई–चार महिनादेखि यस घरमा बस्दै आएको बताएँ हिन्दीमा।

नेपालमा हवाईजहाज अपहरण भएको तिमीहरूलाई थाहा छैन भनेर हिन्दीमै सोधे। खै, हामीलाई त थाहा भएन भनिदिएँ। हामी बसेको तलामा तीन कोठा थिए, ती तीनै कोठाको मसिनो गरी तलासी लिए। केही फेला परेन। त्यसपछि उनीहरूले फत्तेबहादुर बुढाथोकीको घर जाने बाटो कता हो भनेर सोधे।

सानो गल्लीबाट एक मिनेट पनि लाग्दैनथ्यो तर बस स्ट्याण्ड घुमेर करिब दश बाह्र मिनेट लाग्ने घुमाउरो बाटो देखाइदियौं र उनीहरू हिंड्नासाथ गल्लीको बाटो भएर बुढाथोकीको घर पुग्यौं। बुढाथोकीलाई सबै कुरा बताएर केही सल्लाह गर्‍यौं। त्यसपछि बाहिरको गतिविधि निगरानी गर्न कोठा र मूल गेटमा समेत बाहिरबाट ताला लगाई बुढाथोकी बाहिरिए।

ठूलो कम्पाउण्ड भएको पक्की घर थियो। घरको पछाडिको भाग अंग्रेजी यू आकारको थियो। दुई छेउका दुई कोठा कम्पाउण्ड वालमा जोडिएका थिए। बीचको भाग खुला आँगन थियो र त्यसको बीचमा पानीको इनार। घरको पछिल्लो कम्पाउण्ड वाल पछाडि डम्पिङ साइट जस्तो फोहोरको डङ्गुर थियो र त्यता बस्ती नभएकाले अँध्यारो पनि। कम्पाउण्ड वालको माथि फुटेका सिसाहरू गाडिएका थिए।

भुइँमा ओछ्याउने जूटको ठूलो चटाई पट्याएर त्यसलाई साथी राम खड्काले मेरो काँधमा चढी ती सिसामाथि राखेर त्यहाँ नघोच्ने बनाए। त्यसपछि मैले मनोहरि र विनोदलाई काँधमा चढाउँदै पर्खाल नघाएर कम्पाउण्ड बाहिर फोहोरको डङ्गुरतिर झर्न सहयोग गरें। विनोद त सानो कदका सजिलै माथि चढाइयो। मनोहरि भने ज्याङ्गो, काँधै भाँचिएला जस्तो भयो।

त्यसपछि रामको काँधमा चढेर म पर्खालको माथि उभिएँ। रामले बस्ने दुई मूढा खापेर त्यसमाथि उभिई हात उँभो बढाए। मैले हातमा समाएर उनलाई तानें र चारै जना बाहिरपट्टि फोहोरको डङ्गुरमा उभिन पुग्यौं। त्यहाँबाट छलिंदै छलिंदै रेलवे स्टेशन के पुगेका थियौं, आसाम रेल आएर रोकियो। हतारहतार तिनलाई रेल चढाएर हामी पुन: आफू बस्ने घरमा आयौं र साथीहरूलाई जोगाएर त्यहाँबाट पठाउन सकेकोमा दङ्ग पर्दै गफिन थाल्यौं।

भोलिपल्ट थाहा भयो, बुढाथोकी बसेको घरको मूल गेटमै भोटे ताल्चा लागेको देखेपछि तीन चार पुलिसलाई त्यहाँ उभिन लगाएर अरू पुलिस बुढाथोकीलाई यताउता खोज्न थालेछन्। बुढाथोकी भने छेवैको एउटा घरभित्रबाट निगरानी गरिरहेका थिए। हामीले पर्खाल नाघ्न थालेपछि भुस्याहा कुकुर खुब भुकेका थिए। हामी अलिक पर पुगेपछि ती भुक्न छाडे।

कुकुर शान्त भएपछि मनमनमा अब साथीहरूले बाटो तताइसके भन्दै बुढाथोकी बाहिर निस्केछन्। पुलिसहरूसँग उनको भेट भयो। तिनले घर खोल्न लगाएर तलासी लिएछन् र केही फेला नपरेपछि त्यसै फर्केछन्।

भोलिपल्ट थाहा भयो, बुढाथोकी बसेको घरको मूल गेटमै भोटे ताल्चा लागेको देखेपछि तीन चार पुलिसलाई त्यहाँ उभिन लगाएर अरू पुलिस बुढाथोकीलाई यताउता खोज्न थालेछन्। बुढाथोकी भने छेवैको एउटा घरभित्रबाट निगरानी गरिरहेका थिए। हामीले पर्खाल नाघ्न थालेपछि भुस्याहा कुकुर खुब भुकेका थिए। हामी अलिक पर पुगेपछि ती भुक्न छाडे।

२०१७ साल पुस १ गते सैनिक बलका आधारमा राजा महेन्द्रले नेपाली जनतामाथि लादेको निरङ्कुश पञ्चायती व्यवस्थालाई परास्त गरेर प्रजातन्त्रको पुन:स्थापनाका लागि बीपी कोइरालाले सशस्त्र क्रान्तिको आह्वान गर्नुभएको थियो। त्यसका लागि आवश्यक संगठन भूमिगत रूपमा भइरहेको थियो।

तर संगठन विस्तार, निर्वासित कार्यकर्ताका लागि खाने–बस्ने व्यवस्था, आवश्यक हतियारको जोहो आदिका लागि ठूलो धनराशि आवश्यक हुन्थ्यो तर त्यसको कुनै स्रोत उपलब्ध थिएन। त्यसका लागि उपायको खोजी भइरहेको थियो।

यसैबीच विराटनगरस्थित राष्ट्र बैंकबाट आवधिक रूपमा भारू पैसा हवाईजहाजबाट काठमाडौं लगिने गरिन्छ भन्ने जानकारी मिल्यो। अनि यस्तो जहाज अपहरण गरेर त्यसमा रहेको पैसा कब्जामा लिने योजना बन्यो। त्यो योजना कसरी कहाँ बन्यो र जहाज अपहरण कसरी गरियो भन्ने विवरण अपहरणकर्ता मध्येका दुर्गा सुवेदीले ‘विमान विद्रोह’ नामक आफ्नो पुस्तकमा खुलाएका छन्।

उता भारतको फारबिसगञ्ज बजारभन्दा केही पर एउटा ठूलै मैदान छ। प्रथम र दोस्रो विश्वयुद्धमा विमानस्थलका रूपमा प्रयोग भएको त्यो मैदान उस बखत गौचरनका रूपमा थियो। त्यसको हेरचाहका लागि एउटा चौकीदारको व्यवस्था थियो।

२०३० साल जेठ २८ गते बिहान तीन चार मानिस एउटा जीप लिएर त्यहाँ पुगे र चौकीदारलाई आफूहरू पिकनिक खान नेपालतिरबाट आएको बताए । एक छिन गफ गरेपछि खानेकुराको यौटा सूची र पैसा हातमा थमाएर चौकीदारलाई बजारतिर पठाए ।

त्यो चौकीदार बजारबाट फिर्नु अघि नै मैदानबाट अलिक पर आकाशमा एउटा विमान देखापर्‍यो। जीपमा गएका ती मानिसमध्ये एकले आफूले लगाएको शर्ट फुकालेर संकेतका रूपमा हावामा हल्लाए। त्यो जहाजले आएर त्यही मैदान छोयो र अगाडि गुड्न थाल्यो। जहाजसँगै जीप पनि त्यही दिशामा गुड्यो।

अलिक पर पुगेर रोकिएको जहाजको ढोका खुल्यो, त्यसबाट एक युवा ओर्लिए। उता जीपका मानिस पनि जहाजको ढोकामा पुगे। जहाजबाट टिनका ठूला दुई बाकस झारियो। ती बाकससँगै जहाजबाट अरू दुई युवा पनि ओर्लिए। जहाज फेरि गुडेर केही अगाडि गई आकाशतिर उड्यो। ती बाकसलाई जीपमा राखियो र त्यो जीप पनि अर्को दिशातिर हान्नियो।

दौडिंदै चौकीदार फर्की आयो। सँगसँगै पुलिसका दुई वटा जीप आइपुगे मैदानमा। जहाज अवतरण भएका ठाउँमा त्रिपालले छोपेको केही वस्तुजस्तो देखियो। पुलिसले आपसमा केही कुरा गरेपश्चात् चौकीदारले एउटा बाँसको लामो टाँगो लिएर आयो। त्यस टाँगाले सावधानीपूर्वक टाढैबाट बिस्तारै त्रिपाल हटाएपछि त्यहाँ एउटा टोकरी देखियो। नजिक गएर हेर्दा आँपले भरिएको थियो। यति गरिसक्दा करिब आधा घण्टा बित्यो। अघिको जीप कता गयो कसैलाई पत्तो भएन।

पछि थाहा भए अनुसार जहाजबाट बाकस झिक्दा अगाडिपट्टि रहेको कसैको त्यो आँपको टोकरी पनि हटाउनु परेको रहेछ। पछि त्यसलाई जहाजमा हालिरहने कुरा भएन। कसैको दिमागमा के फुर्‍यो– त्यस टोकरीलाई त्रिपालले छोपिदिए। त्यसैमा पुलिस नराम्ररी अल्झियो।

तत्कालीन शाही नेपाल वायु सेवा निगमको ट्विनअटर विमान विराटनगरबाट काठमाडौंका लागि उडेको थियो। त्यस विमानमै काठमाडौं जाने यात्रुका रूपमा रहेका तीन युवाले त्यस विमानलाई अपहरण गरी फारबिसगञ्जको त्यो चौरीमा अवतरण गराएका थिए। त्यस विमानबाट झिकिएका दुई बाकसमा ३० लाख भारू पैसा थियो। नेपालको इतिहासमा यो पहिलो र अहिलेसम्मको एक मात्र हवाई अपहरण हो।

यो अपहरणमा संलग्न तीन तरूणहरू थिए: दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल। जहाजमा त्यही दिन पैसा लगिने जानकारी विराटनगरस्थित नेपाल राष्ट्र बैंकमै कार्यरत अर्का तरूण मदन अर्यालले दिएका थिए। त्यो घटनापश्चात् मदनलाई चरम यातनाका साथ बन्दी बनाइएको थियो।

उता भारतमा पैसा कब्जामा लिने समूहमा मनोहरि बराल, विनोद अर्याल, सुशील कोइराला, चक्र बाँस्तोला आदि थिए। यस सन्दर्भमा चक्र बाँस्तोलाले दार्जीलिङमा भाडामा लिएको घरका धनी एलपी शर्मा र फारबिसगञ्जमा रहेको एक मोटर ग्यारेजका धनी गणेश मिस्त्रीलाई समेत भारत सरकारले गिरफ्तार गरेर पूर्णियाको अररिया कोर्ट जेलमा राखेको समयमा यो पंक्तिकार पनि विस्फोटक पदार्थका साथ गिरफ्तार भएर केही समय उनीहरूका साथ त्यही जेलमा रहन पुगेको थियो। गणेशजीको त्यस घटनामा अप्रत्यक्ष संलग्नता रहे पनि विचरा शर्माजीले अनाहकमा कष्ट झेल्नु परेको थियो।

राणा शासनको त कुरै नगरौं, पञ्चायती राजमा र राजाका शासनमा नागरिक हकका लागि बोले बापत दण्डित हुनुपर्थ्यो। विरोध सभा र जुलुस त कल्पना बाहिरका कुरा थिए। मानिस यति आतङ्कित रहन्थे, भित्ताको पनि कान हुन्छ भनिन्थ्यो। त्यो कालरात्रिलाई हटाएर आजको यस्तो उल्लासमय दिन ल्याउन निकै लामो र धेरै कठोर संघर्ष गरेका छन् अग्रजहरूले।

चक्रको कोठाबाट एक लाख ६० हजार रुपैयाँ बरामद भएको तर त्यस बखत त्यहाँ चक्र नभएका कारण घरधनी शर्माजीलाई गिरफ्तार गरिएको रहेछ। हवाईजहाज अपहरणमा प्रयोग भएको गिरिजा दाइको जीपलाई पुलिसको गाडीको स्वरूप दिने काम गणेशजीको वर्कशपमा भएको रहेछ। त्यो जीपलाई पुलिसले सिलिगुडीमा राखेको ठाउँबाट आफ्नो कब्जामा लिएको थियो।

त्यो हवाईजहाज र त्यस जीपलाई सुन्दरीजलस्थित बीपी संग्रहालयमा राखिएको छ।आज जेठ २८ गते। यो त्यही ऐतिहासिक दिन हो तर प्राय: सबैले यस दिनलाई बिर्सिसकेका छन्। अहिले मानिसले बिर्सिए पनि यो दिन नेपालको इतिहासमा महत्वका साथ उल्लिखित छ।

यो दिन युवाहरूका लागि प्रेरणादायी दिन हो। विद्रोहको प्रतीकका रूपमा मनाउनुपर्ने दिन हो। युवाहरूले आँटे भने जस्तै कठिन कार्यलाई पनि सफलता दिन सक्छन् भनेर सम्झाउने एउटा गतिलो दिन हो।

यो दिनलाई अविस्मरणीय बनाउने निकै पात्रहरूले यस संसारबाट विदा लिइसकेका छन्। यस्ता ऐतिहासिक महत्वका घटनाको चर्चाले नयाँ पुस्तालाई इतिहास निर्माणका सङ्गीन मोडहरूबारे जानकारी हुन्छ। घटनामा प्रत्यक्ष/परोक्ष संलग्नले दिएको यस्तो आधिकारिक जानकारी उनीहरूका लागि रोचक हुनसक्छ।

अहिले देशमा गणतन्त्र छ। सर्वत्र स्वतन्त्रताको वातावरण छ। कुनै पनि विषयमा बोलेर, लेखेर आफ्नो अभिमत जाहेर गर्न सक्छौं। बहस र विवाद गर्न सक्छौं। सरकारका जनविरोधी नीतिको आलोचना गर्न सक्छौं। त्यसको विकल्प प्रस्तुत गर्न सक्छौं। त्यसो गर्दा सरकारले सुनेन भने विरोध गर्न सक्छौं, सभा गर्न सक्छौं, धर्ना र जुलुस गर्न सक्छौं। शान्तिपूर्ण आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउन सक्छौं।

यो अपहरणमा संलग्न तीन तरूणहरू थिए: दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल। जहाजमा त्यही दिन पैसा लगिने जानकारी विराटनगरस्थित नेपाल राष्ट्र बैंकमै कार्यरत अर्का तरूण मदन अर्यालले दिएका थिए। त्यो घटनापश्चात् मदनलाई चरम यातनाका साथ बन्दी बनाइएको थियो।

यसो गरेबापत कसैले थप कुनै मूल्य चुकाउनुपर्दैन किनभने हाम्रो संविधानले नै नागरिकलाई यस्तो अधिकार दिएको छ, उनीहरूलाई सार्वभौम मानेको छ।तर विगतमा सधैं यस्तो थिएन।

राणा शासनको त कुरै नगरौं, पञ्चायती राजमा र राजाका शासनमा नागरिक हकका लागि बोले बापत दण्डित हुनुपर्थ्यो। विरोध सभा र जुलुस त कल्पना बाहिरका कुरा थिए। मानिस यति आतङ्कित रहन्थे, भित्ताको पनि कान हुन्छ भनिन्थ्यो। त्यो कालरात्रिलाई हटाएर आजको यस्तो उल्लासमय दिन ल्याउन निकै लामो र धेरै कठोर संघर्ष गरेका छन् अग्रजहरूले।

उनीहरूले ज्यानको बाजी थापेर उठाएका जोखिमयुक्त कदमका बारेमा सुन्दा नै आङ जिरिङ्ग हुन्छ। तर अब ती प्रसङ्ग भन्ने, सुनाउने मानिस खोज्नुपर्ने हुन थालेको छ।

 

पत्रकार धर्म गौतमले बीपी कोइरालासँग पछिल्ला महत्वपूर्ण वर्षहरू बिताए। बीपीको मेलमिलाप नीति अन्तर्गत स्वदेश आएर सुरुमै गिरफ्तार हुनेमध्ये गौतम पनि एक थिए जसबारे बीपीले आत्मवृत्तान्तमा चर्चा गरेका छन्। गौतमले २०४६ र २०६२–६३ सालको जनआन्दोलनका बेला नागरिक आन्दोलनको पनि अगुवाइ गरेका थिए ।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?