
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ।
- मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई स्थानमा हाजिर गराउन निर्देशन दिएको छ।
- कार्यालय प्रमुखले कार्यान्वयन नगरेमा विभागीय कारबाही र रकम असुल गर्ने चेतावनी दिइएको छ।
२८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन भनेको हो ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी विभागीय कारबाही समेत हुने पत्रमा छ ।
स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
‘…काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा वापतको रकम असुल गरी नियमानुसार विभागीय कारबाही समेत हुने व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०८२/२/२८ को निर्णयानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
प्रतिक्रिया 4