
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वको लागि मतदान भोलि बिहान ८ बजेबाट सुरु हुनेछ।
- उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदान समय सारिएको हो।
- अध्यक्ष पदका उम्मेदवार सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएका छन्।
२८ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बिहानबाट सुरु हुने भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा मतदानको समय सारिएको यो तेस्रो पटक हो । हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो ।
तर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नै समय लागेपछि राति ८ बजेबाट मतदान हुने भनिएको थियो । तर अन्तिम नामावली प्रकाशन गर्न समय लागेपछि भोलि बिहान ८ बजेबाट मतदान हुने भएको छ ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनारै मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4