+

एचजेबीएल : अन्तिम खेलमा गोल्डेनगेट विजयी

२०८२ जेठ  २८ गते २१:१६ २०८२ जेठ २८ गते २१:१६
एचजेबीएल : अन्तिम खेलमा गोल्डेनगेट विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिगको फाइनलमा स्थान बनाएको छ।
  • उनीहरूले सामाखुशी युथ क्लबलाई ८२–५८ ले पराजित गरी लगातार नवौँ जित हासिल गरे।
  • फाइनल खेलमा गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।}

२८ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलको लागि तयारी पूरा गरेको छ ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको गोल्डेनगेटले सामाखुशीलाई ८२–५८ ले पराजित गरेको हो ।

लिग चरणमा गोल्डेनगेटको यो लगातार नवौं जित हो । ६ टोली सम्मिलित लिग डबल राउण्ड रोविनका आधारमा सञ्चालन भएको थियो । जसमा टाइम्स बास्केटबल क्लबलसँग पहिलो खेलमा पराजित भएको गोल्डेनेगटले त्यसपछि सबै खेल जितेको हो ।

गोल्डेनगेट १० खेलमा ९ जित र १ हारबाट १९ अंक जोड्दै लिगमा शीर्ष स्थानमा रह्यो । गोल्डेनगेटले लिगमा दोस्रो भएको टाइम्ससँग उपाधिका लागि फाइनल खेल खेल्नेछ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डनेगेटले चारै क्वाटरमा अग्रता बनाएको थियो । पहिलो क्वाटरमा १६-१४ को अग्रता लिएको गोल्डेनगेटले दोस्रो क्वाटर २७-१६ ले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै गोल्डनेगेटले तेस्रो क्वाटर २२-१५ र चौथो क्वाटर १७-१३ ले आफ्नो पक्षमा पार्द सहजै खेल जितेको हो ।

गोल्डेनेगटका विकेट श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । विवेकले १४ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले १७ अंक स्कोर गरे ।

एचजेबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय