+
+
Shares
म्युजिक खबर अवार्ड २०८१ :

‘म्युजिक खबर अवार्ड’ प्रदान, खरेललाई दीर्घ साधना सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘म्युजिक खबर अवार्ड २०८१’ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वरिष्ठ गीतकार यादव खरेललाई सम्मान गरे।
  • अवार्डमा सुगम, आधुनिक, लोकदोहोरी, पप, चलचित्र र म्युजिक भिडियो विधाका उत्कृष्ट कलाकार र सिर्जनाकर्मीलाई सम्मानित गरियो।
  • आयोजक संस्थाले ५० प्रतिशत निर्णायक, ४० प्रतिशत पब्लिक र १० प्रतिशत आयोजकको भोटबाट उत्कृष्टको चयन गरेको जनाएको छ।

काठमाडौं । ‘म्युजिक खबर अवार्ड २०८१’ प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वरिष्ठ गीतकार यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरे ।

५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित उनलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । ‘पर्यटनको लागिग संस्कृति’ नारासहित म्युजिक खबरले १२ वर्षदेखि अवार्ड गर्दै आएको छ ।

सुगम संगीततर्फ गोविन्दमधुर आचार्य र बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आधुनिक विधातर्फ नरहरि प्रेमी ‘घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने ।

महेश आचार्य ‘तिमी सँगै छैनौ’ गीतबाट सर्वोत्कृष्ट गीतकार बने । अन्जु पन्त र नरेश रेग्मीले ‘धर्ती र जुनको कहानी’बाट युगल गायनको अवार्ड चुम्न सफल भए ।

‘एउटा जुन’ गीतबाट सुशीलविक्रम शाहले ध्वनि सम्पादन विधा जिते । ‘ आदत’ गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुमे । रुपेश थापाले ‘तिमीबिना चल्दैन’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकार बन्न सफल भए ।

‘लामपाते सुरती’बाट रविन विकले म्युजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले ‘बिदाइ’ गीतबाट म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए ।

शान थापाले ‘छुनै हुन्न जस्तो’ गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए । एलिना चौहानले ‘तिमीबिना चल्दैन’बाट पपुलर सिंगर अफ दि इयरको अवार्ड चुम्न सफल भइन् ।

‘भाग्य लेख्ने भगवान’ गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे । ‘पागल’ गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको विधा जिते ।

दीपेन्द्र आलेले ‘ढल्केबरै’मा गीतबाट डायस्पोरा अवार्ड चुमे । ‘जति टाले पनि’बाट सुरज पण्डितले जुरी अवार्ड गायकको विधा जिते । कस्ट्युम डिजाइन विधामा शम्भु पुरीले ट्रफी उचाले ।

पपगायनतर्फ प्रेज्वल नेपाली सर्वोत्कृष्ट पप गायक बने । सारिका घिमिरे ‘कलियुगकी राधा’ गीतबाट सर्वोत्कृष्ट पप गायिका बनिन् । रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने । जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए ।

सुदीप भण्डारी (जिबब) सर्वोत्कृष्ट र्‍यापर बने । लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले ‘खोली तरेको’ गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।

सुनिता बुढा क्षेत्रीले ‘उजेली’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटाले ‘बस्यौ अलग्गै’ गीतबाट सर्वोत्कृष्ट गीतकार बने ।

लोकदोहोरीतर्फ सामना शाह ‘आँसुको वर्षात्’ गीतबाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा ‘तिम्रो जवानी’ गीतबाट सर्वोत्कृष्ट संगीत संयोजक, खड्ग बाजुराली ध्वनि सम्पादनको विधा चुम्न सफल भए ।

मौसम हिमालीले लोकदोहोरी विधातर्फ ‘कश्मिरे पछ्यौरी’ गीतबाट सर्वश्रेष्ठ म्युजिक भिडियो निर्देशकको अवार्ड जिते । बादल घिमिरेले ‘कसम तोड्ने भा’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए ।

चलचित्र विधातर्फ गीतकार प्रमोद ढुंगाना फिल्म ‘उपहार’को ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । अर्जुन पोखरेल ‘ज्वाइँसाब’ फिल्मको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने ।

‘दिमाग खराब’को ‘झम्के झमाझम’ गीतबाट सुमिन खड्का र नम्रता खरेल सर्वोत्कृष्ट पाश्र्वगायक गायिका बन्न सफल भए । सविन सुवेदीलाई ‘छक्कापञ्जा ५’को ‘विहे भाको छैन’ गीतबाट इन्करेजमेन्ट अवार्ड प्रदान गरियो ।

उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिशत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिशत र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरि गीतको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?