+
+
Shares

बजेट अभावमा राप्ती सोनारी-९का विद्यालय भवन अधुरो

लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए ।

रासस रासस
२०८२ जेठ २९ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती सोनारी गाउँपालिका–९ मा गणेश माध्यमिक विद्यालयको भवनको निर्माण रकम अभावले अधुरो छ।
  • विद्यालयको व्यवस्थापनले पर्याप्त बजेट नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य भएको बताए।
  • वडाध्यक्ष सोहनलाल थारुले भवन पूरा गर्न आवश्यक रकमको व्यवस्था गर्न लागिपरेको जानकारी दिए।

२९ जेठ, राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।

लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए ।

‘कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन’, अध्यक्ष रेग्मीले भने, ‘भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन्।’ कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।

तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नं-९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?