+
+
Shares

आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक २९ जेठमा विपक्षी दलहरूको अवरोधका कारण स्थगित भयो।
  • भविष्यको बैठक भोलि दिउँसो १ बजे बस्नेछ।
  • गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले संसद् अवरोध गरेका छन्।

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।

यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?