
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ र मतगणना सुरु हुने छ।
- प्रतिनिधिहरूको सम्मेलनमा १५४१ जना सहभागी छन् र अध्यक्ष पदको प्रतिस्पर्धा प्रकाश पौडेल र सुजन कडरियाबीच छ।
- दुवै उम्मेदवारले प्यानल सहित मैदानमा छन् र पौडेलले आफ्नो प्यानललाई विभिन्न समूहको समर्थन प्राप्त गरेका छन्।
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
केहीबेर अघि मतदान सकिएको हो । मतदान सकिएसँगै आजै केहीबेरमा मतगणना सुरु हुने निर्वाचन समितिले बताएको छ ।
कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् ।
अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ ।
दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4