
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा डा. सुजन कडरियाले ९२ मत प्राप्त गरी अग्रता लिएका छन्।
- कीर्तिपुरमा १५४१ प्रतिनिधि सहभागी भएर विद्युतीय मतदानबाट मतगणना गरिएको हो।
- कडरियाको प्यानल अध्यक्ष मण्डलको प्रस्ताव भएको भए पनि पौडेलले असहमतहरूलाई समेटेर आफ्नो प्यानल बनाएका छन्।
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका डा. सुजन कडरियाले सुरुवाती अग्रता लिएका छन् ।
केहीबेर अघिबाट जारी मतगणनामा कडरियाले ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ५८ मत प्राप्त गरेका छन् ।
कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् । विद्युतीय मतदान भएको थियो ।
दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4