+
+
Shares

एमाले लुम्बिनी प्रदेशका ८७ जनाले दिए सामूहिक राजीनामा 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका ८७ जनाले नेकपा एमालेबाट पार्टी परित्याग गरेका छन्।
  • उनीहरूले विज्ञप्तिमा एमाले नेतृत्वको आलोचना गर्दै सामूहिक राजीनामा दिएका हुन्।
  • विज्ञप्तिमा अध्यक्ष र महासचिवको नशा र सामन्तबादी संस्कृतिको आरोप लगाइएको छ।

३० जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका ८७ जनाले नेकपा एमालेसँगको आवद्धता त्यागेको घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति निकालेर उनीहरूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । लुम्बिनी प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवार समेत रहेका गिरीराज केसी संयोजकत्वमा पार्टी छाड्नेहरूमा ५ जना निवर्तमान लुम्विनी प्रदेश कमिटी सदस्य समेत रहेका छन् । बाँकी एमालेको वडा कमिटी भन्दा माथिल्लो कमिटीमा रहेर काम गरिरहेकाहरू रहेकाहरु छन् ।

उनीहरूले विज्ञप्तिमा एमाले पार्टीबाट विद्रोह गर्दै पार्टी सदस्यताबाट सामुहिक राजीनामा दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा एमाले पार्टी नेतृत्वको आलोचना समेत गरिएको छ । ‘हाम्रो पार्टीका अध्यक्ष र महासचिवहरु चरम नशामा चुर भएर कहिले कर्णाली वासिहरुले चामल देख्न नपाएको त कहिले युवाहरु रहरले विदेश गएका जस्ता बहुलठ्ठीपूर्ण कुराहरु गर्दै हुनुहुन्छ’ अगाडि भनिएको छ, ‘उहाँहरु १८ औं शताब्दीको सामन्तबादी संस्कृतीको आहालमा डुबुल्की मारिरहनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?