
३० जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा सबैभन्दा बढी मत अनुशासन आयोगतर्फ उम्मेदवार बनेकी स्नेहा केसीले प्राप्त गरेकी छन् ।
आयोगको महिला सदस्यतर्फ केसीले १ हजार २५८ मत ल्याएकी हुन् । चार जना निर्वाचित हुने महिला सदस्यमा दुर्गा खत्रीले १ हजार १९४, प्रशिक्षा कोइरालाले १ हजार १८० र उर्मिला कार्कीले १ हजार १६६ मत ल्याइन् ।
२४ औं राष्ट्रिय सम्मेलनमा मधेश/थारु खुलातर्फ राजेशकुमार यादवले १ हजार ५५ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका हुन् । सोही तर्फ मुकेश साहले १ हजार २८ मत ल्याएर निर्वाचित भएका छन् ।
पदाधिकारीतर्फ सबैभन्दा बढी मत उपमहासचिवका उम्मेदवार कमल जोशीले पाए । जोशीले ८१६ मत पाए । जोशीपछि पदाधिकारीमा धेरै मत ल्याउनेमा महासचिवमा निर्वाचित दीपक धामी रहे । धामीको पक्षमा ७८५ मत आएको छ ।
बिहीबार मध्यरातमा सकिएको मतगणनामा अध्यक्षमा अध्यक्षमा डा. सुजन कडरियाले सात मतको अन्तरले निर्वाचित भए कडरियाले ७३२ मत पाउँदा प्रतिस्पर्धी प्रकाश पौडेलको पक्षमा ७२५ मत खसेको थियो ।
उपाध्यक्ष खुलामा विकास श्रेष्ठले ७०८ मत ल्याएर निर्वाचित भए । महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत पाइन् । महासचिवमा दीपक धामीले ७८५ मत ल्याएर निर्वाचित भए ।
उपमहासचिवमा ८१६ मतका साथ कमल जोशीले ल्याएका थिए । चार सचिवमा आकाश घर्तिमगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपालले जितेका छन् । निर्वाचित चार सचिवमा आकाश घर्तिले अन्यले भन्दै बढी मत (३६०) पाए ।
उम्मेदवारहरु कसले कति मत पाए ? हेर्नुहोस् यो तालिका–
प्रतिक्रिया 4