+
+
Shares

नेपालमा पहिलो पटक रोयल्टीसम्बन्धी मुद्दा दर्ता, एलओडी र इन्द्रेणी बैंक्वेटविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक रोयल्टीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको हो।
  • संगीत रोयल्टी संकलन समाजले काठमाडौंका दुई निजी संस्थाविरुद्ध उजुरी दर्ता गरेको हो।
  • उजुरीले कानुन उल्लङ्घन गर्ने अन्य संस्थाहरूविरुद्ध पनि कारबाहीको सम्भावना खोल्न सक्छ।

३० जेठ, काठमाडौं । नेपालमा पहिलो पटक रोयल्टीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । संगीत रोयल्टी संकलन समाजले काठमाडौंका दुई निजी संस्थाविरुद्ध औपचारिक उजुरी दर्ता गरेको हो ।

समाजको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले इन्द्रेणी बैंक्वेट प्रालि (बानेश्वर) र लर्ड अफ द ड्रिङ्क्स (एलओडी, ठमेल) विरुद्ध शुक्रबार जिल्ला प्रहरी परिसर, भद्रकालीमा मुद्दा दर्ता गरेको हो ।

यी संस्थाले सार्वजनिक रूपमा गीतसंगीत प्रयोग गरेर पनि रोयल्टी नतिरेकाले मुद्दा दर्ता गरिएको समाजसँग आबद्ध रोयल्टी सङ्कलन एजेन्सीका कार्यकारी निर्देशक टीका राई शिवले बताए ।

राईका अनुसार प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ अनुसार सार्वजनिक रूपमा संगीत बजाउन वा प्रदर्शन गर्न अनुमति अनिवार्य हुन्छ। ‘पटकपटक लिखित अनुरोध गर्दा पनि ती दुई संस्थाले अनुमति लिएका छैनन् त्यसैले प्रहरीसमक्ष मुद्दा दर्ता गरेका हौं’ राईले अनलाइनखबरसँग भने।

यो उजुरीले अब यस्ता कानुन उल्लङ्घन गर्ने अन्य संस्थाहरूविरुद्ध पनि कारबाहीको ढोका खोलेको राईले बताए । ‘यसअघि प्रहरीले यस्ता उजुरी लिन मानेका थिएनन्’ राईले भने, ‘अहिले मात्र रोयल्टीसम्बन्धी मुद्दा दर्ता गर्न सहमति जनाएको हो ।’

१८ वर्षपहिला स्थापना भएको संगीत रोयल्टी संकलन समाजले सार्वजनिक रूपमा बजाइने गीतसंगीतको रोयल्टी संकलन गरी सर्जकलाई वितरण गर्दै आएको छ। संस्थाको स्थापना सन् २००७ (विक्रम संवत २०६४) मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?