+
+
Shares

राजनीतिक प्रभावमा रवि लामिछानेलाई डिल्लीबजार आउन दिइएनः मनिष झा

प्रतिनिधि सभामा सांसद झाले राजनीतिक प्रभावमा आफ्नो नेताको चाहना पूरा हुन नदिइएको बताएका हुन् । ‘तपाईलाई थाहा छ, सभामुख महोदय, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँ सारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा’ झाले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद मनिष झाले बताए, रवि लामिछानेलाई डिल्लीबजार कारागार आउन रोकिएको छ।
  • उनीहरूले राजनीतिक प्रभावले कारागार सरुवा प्रक्रिया रोकिएको आरोप लगाए।
  • लामिछानेले डिल्लीबजार कारागार आउन चाहेका थिए, तर प्रक्रिया अघि बढेन।

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्ना नेता रवि लामिछानेलाई डिल्लीबजार कारागार आउन नदिइएको बताएका छन् ।

प्रतिनिधि सभामा सांसद झाले राजनीतिक प्रभावमा आफ्नो नेताको चाहना पूरा हुन नदिइएको बताएका हुन् । ‘तपाईलाई थाहा छ, सभामुख महोदय, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँ सारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा’ झाले भनेका छन् ।

सहकारी बचत रकम अपचलन मुद्दामा रुपन्देही कारागार थुनामा रहेका लामिछानेले डिल्लीबजार कारागार आउन चाहेका थिए । लामिछानेको चाहना पछि कारागार प्रशासनले प्रक्रिया पनि अगाडि बढाएको थियो ।

तर राजनीतिक प्रभावमा कारागार सरुवाको निर्णय कार्यान्वयन नभएको सांसद झाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?