News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचपोखरी टी–२० प्रतियोगितामा भोटेचौर स्पोर्टस क्लबले हेलम्बु गाउँपालिकालाई ६ रनले पराजित गर्यो।
- खेलमा वर्षाका कारण खेल रद्द भए पनि भोटेचौरले १८२ रन बनाएको थियो र दुर्गेश थापाले ११२ रन बनाए।
- प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र अर्को खेल रद्द भएको छ।
३० जेठ, काठमाडौं । भोटेचौर स्पोर्टस क्लबले सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगितामा शुक्रबार हेलम्बु गाउँपालिकालाई डिएल पद्धतिका आधारमा ६ रनले पराजित गरेको छ ।
जितसँगै भोटेचोरले समूह ‘बी’ मा दुई खेलबाट दुई अंक जोडेको छ । हेलम्बुले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । पहिलो खेलमा भोटेचौर मेलम्ची नगरपालिकासँग पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वर्षा बाधक बन्दा हेलम्बुले ६.४ ओभरमा ६४ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याएको हेलम्बुले सबै ओभर ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ५७ रन मात्रै बनाउन सक्यो ।
विनोद तामाङले अविजित ३३ र कृष कार्कीले १० रन बनाए । भोटेचौरका लागि राजेश चौलागाईँले दुई र सुमित झाले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भोटेचौरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।
भोटकोशीका लागि दुर्गेश थापाले ६३ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे । प्रतियोगितामा यो दोस्रो शतक हो । यसअघि द माइटी साँगाचोकका अशोक पौडेलले पाँचपोखरी हिमालयन क्रिकेट क्लबविरुद्ध १०१ रन प्रहार गरेका थिए ।
यसैगरी सुमित झाले ३६, निश्चल थापाले १६ र कप्तान राजीव चौलागाईँले १० रन बनाए ।
हेलम्बुका लागि दावा शेर्पाले दुई र विनोद तामाङले एक विकेट लिए ।
शक्रुबारलाई तय पाँच पोखरी हिमालय क्लब र पाँचपोखरी क्रिकेट क्लबबीचको खेल भने वर्षाका कारण रद्द भयो ।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया 4