+
+
Shares

पाँच दिनमा सुन ७ हजार ५ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार पाँच दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।
  • गत मंगलबार १ लाख ९० हजारमा कारोबार भएको सुन आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • सुनको मूल्य वैशाख ९ गतेको रेकर्ड मूल्यभन्दा केही कम भए पनि उच्च स्तरमा स्थिर रहेको छ।

१ असार, काठमाडौं । पाँच दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । पाँच दिनमै मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार प्रतितोला १ लाख ९० हजारमा कारोबार भएको सुन आज आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आजको भाउ ४ सय रुपैयाँ बढी हो । यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । उच्च मूल्यमा पुगेर चाँदी स्थिर रहेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?