+
+
Shares

भारत र चीनको आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:१८

१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारत र चीनको आस्थाको केन्द्र नेपाल भएको बताएका छन् ।

राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताए । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको दावि गरे ।

उनले नेपालको परिचय गौतम बुद्ध भएको भन्दै यसमार्फत विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्ने बताए । सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको बताउनु हुँदै मन्त्री पाण्डेले नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए ।

सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने स्पष्ट पारे । प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ । कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरु सहभागि रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?