+
+
Shares

मधेशको बजेट नै त्रुटिपूर्ण : हुनुपर्ने ४६ अर्ब ९८ करोड, भन्यो– ४६ अर्ब ५८ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा त्रुटि पाइएको छ।
  • बजेट बक्तव्यमा उल्लेख भएअनुसार कुल खर्च रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार छ।
  • तर, चालु र पुँजीगत बजेट जोड्दा ४० करोड बढी हुन्छ।

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको बजेट नै त्रुटिपूर्ण रहेको पाइएको छ।

अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि कुल खर्च रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको घोषणा गरेका हुन् । बजेट बक्तव्यमा सोही ब्यहोरा उल्लेख छ ।

तर कुल विनियोजित बजेटको चालू र पुँजीगत जोड्दा ४० करोड बजेट बढ्छ ।

कुल विनियोजनमध्ये चालुतर्फ रु. १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगततर्फ रु. ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट रहेको छ । यी दुई बजेटलाई जोड्दा जोड्दा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट हुन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?