+

सुविन र रिहान्नाले जिते यू-१९ ब्याडमन्टन प्रतियोगिताको स्वर्ण

२०८२ असार  १ गते २१:५९ २०८२ असार १ गते २१:५९
सुविन र रिहान्नाले जिते यू-१९ ब्याडमन्टन प्रतियोगिताको स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुविन श्रेष्ठ र रिहान्ना शेरचनले प्रथम राष्ट्रिय यू१९ ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जिते।
  • प्रतियोगिता टोखा नगरपालिका र डिबीए एकेडेमीले आयोजना गरेका थिए।
  • विजेताहरूले नगद पुरस्कार समेत प्राप्त गरे।

१ असार, काठमाडौं । सुविन श्रेष्ठ र रिहान्ना शेरचनले प्रथम राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत यू-१९ तर्फ प्रथम भएका छन् ।

टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु१९ ब्वाइज तर्फ त्रिभूवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

गर्ल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालिगुराँसकी अस्मिता खत्रीलाई २१–१३ र २१–१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए । यू-१९ विधाका प्रथम हुनेले ट्रफी मेडल सहित २० हजार जिते भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार हात पारे ।

यस्तै यू-१५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी पहिलो भए । उनले इमा तामाङलाई १६–२१, २१–१४ र २१–१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए । यू-१५ गर्ल्सतर्फ निभा राईले समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।

यू-१३ विधामा ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै पहिलो भए । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो भए ।

गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजरेन्का शेरचनलाई २१–१८ र २१–११ ले हराउँदै पहिलो भइन् । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो भए ।

विजेता खेलाडीलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय