News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को खेलमा पीएसजीले एट्लेटिको मड्रिडलाई ४-० गोलले पराजित गर्यो।
- खेलमा पीएसजीका फाबियान रूइज, भिटिन्हा, सेनी मायुलु र ली काङ-इनले गोल गरे।
- अर्को खेलमा पालमेइरास र पोर्टोले गोलरहित बराबरी खेले।
२ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित जिकालेको छ ।
राति सम्पन्न खेलमा पीएसजीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४-० गोलअन्तरले हराएको हो । एट्लेटिको दोस्रो हाफको केही समय १० खेलाडीमा सीमित थियो ।
पीएसजीका लागि फाबियान रूइज ले १९औं मिनेटमा गोल गर्दै टोलीको खाता खोले । पहिलो हाफको इन्जुरी समयमा भिटिन्हाले गोल थप्दा २-० ले अघि रह्यो ।
खेलको ८७औं मिनेटमा सेनी मायुलु ले तेस्रो गोल गर्दा इन्जुरी समयमा ली काङ-इन ले पेनाल्टीमा चौथो गोल गर्दै पीएसजीको ४-० को जित सुनिश्चित गरें ।
७८औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोस्रो पहेंलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
बल पोसेसनमा पकड राखेको पीएसजीले कुल १६ शटमध्ये ११ शट फ्रेममा राखेको थियो । एट्लेटिकोको एक मात्र शट फ्रेममा गएको थियो ।
त्यसैगरी राति नै भएको अर्को खेलमा ब्राजिलियन क्लब पालमेइरास र पोर्चुगिज क्लब पोर्टोले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4