+
+
Shares

राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १३:१५

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो ।

संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् ।

आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।

राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरुले भत्ता पनि नलिने घोषणा गरेका छन् ।

राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?