News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा पौडेल नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी क्याम्पमा सामेल हुन काठमाडौं आइपुगेकी छन्।
- नेपाली महिला टोली एएफसी एसियन कप छनोट तयारीमा व्यस्त छ।
- उज्बेकिस्तानमा जुन २९ देखि एसियन कप छनोटका खेलहरू हुनेछन्।
२ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रेखा पौडेल राष्ट्रिय टोलीको तयारी क्याम्पमा सामेल हुन नेपाल आइपुगेकी छन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् ।
उनी अब महिला राष्ट्रिय टोलीको तयारी क्याम्पमा जोडिने छन् । महिला टोली एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त छ ।
रेखा यूएई महिला लिग प्रथम डिभिजनमा अबुधाबी कन्ट्री क्लबबाट खेल्दै आएकी छन् । क्लबले केही दिनअघि लिगको उपाधि पनि जितेको छ ।
यूएईमा लिग खेलेको पहिलो अवसरमै रेखा अबुधाबीबाट उपाधि जित्न सफल भएकी हुन् ।
उज्बेकिस्तानमा आगामी जुन २९ देखि एसियन कप छनोटका खेलहरू हुँदैछन् ।
 
                    










 २०८२ असार  २ गते १७:३१
                        २०८२ असार  २ गते १७:३१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4