+
+
Shares

एआइजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआइजी दानबहादुर कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गर्नुभएको छ।
  • गीतको संगीत बसन्त सापकोटाले र स्वर अनुजा कँडारियाले दिएका छन्।
  • यस गीतको म्युजिक भिडियोमा बाल कलाकार ६ वर्षिया आन्भी ओलीले अभिनय गरेकी छन्।

‘नाच्न पनि आउँछ मलाई गाउन पनि आउँछ

चुल्ठी बाटी शीरमा रिबन लाउन पनि आउँछ

नेपालकी छोरी हुँ म यही हो मेरो घर

गुन्यु चोली पटुकी मलाई साह्रै सुहाउँछ’

त्यसो त एआइजी दानबहादुर कार्की कला–संगीतमा पनि उत्तिकै चाख मान्छन् । खासगरी गीत लेखनमा उनको रुचि छ । पछिल्लो समय उनले नयाँ गीत सार्वजनिक गरेका छन्, गुन्यु चोली पटुकी ।

यो गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् भने स्वर छ बाल गायिका अनुजा कँडारियाको ।

यसै गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । किरन थापाले निर्देशन गरेको भिडियोमा बाल कलाकार ६ वर्षीया आन्भी ओलीले अभिनय गरेकी छिन् ।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको छ । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दशैं–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?