News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘इ’ को खेलमा मेक्सिकन क्लब सीएफ मोन्टेरे र इन्टर मिलानबीच १–१ को बराबरी भयो।
- खेलमा मोन्टेरेले अग्रता लिएको थियो, तर इन्टर मिलानले ४२औं मिनेटमा गोल गरी बराबरी ल्याएको थियो।
- दोस्रो हाफमा कुनै निर्णायक गोल नभएपछि खेल बराबरीमै टुंगियो।
४ असार, काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘इ’ को खेलमा मेक्सिकन क्लब सीएफ मोन्टेरे र इटालियन क्लब इन्टर मिलानबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ।
बुधबार विहान अमेरिकाको प्यासाडेना स्थित रोज बाउल रंगशालामा भएको खेलमा पहिले अग्रता लिएपनि मोन्टेरेले जोगाउन नसक्दा महत्वपूर्ण जितबाट भने चुक्यो ।
३९ वर्षीय अनुभवी डिफेन्डर सर्जियो रामोसले २५औं मिनेटमा कर्नरबाट आएको बलमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै मोन्टेरेलाई अग्रता दिलाएका थिए।
इन्टर मिलानका लागि खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गरे । उनले कार्लोस अगस्टुस्तोको सेट-पिसबाट आएको पासलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले गोलको खोजी गरेतापनि कुनै निर्णायक मौका सदुपयोग गर्न नसकेपछि खेल बराबरीमै टुंगियो ।
प्रतिक्रिया 4