+
+
Shares

नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : मन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १५:३९

४ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कुनै क्षेत्र समावेशी छ भने सञ्चार र सूचना प्रविधि क्षेत्र मात्रै हो,’ उनले भने ।

सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए ।

उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए ।

उनले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गरे ।

‘साउथ एसियामा नेपाल पहिलो देश होला, पीएसबीको पहिलो देश त म भन्दिन, हामी अगाडी नै छौँ । इन्डियापछि हामी नै होला । पीएसबी लागु हुने क्रममा नै गोरखापत्रमा ४५ भाषामा अतिरिक्त समाचार प्रकाशित हुन्छ,’ उनले भने, ‘त्यो संसारको कुनै पनि देशमा छैन होला जस्तो लाग्छ मलाई । रेडियो नेपालमा २५ वटा नेपाली भाषामा समाचार प्रसारण हुन्छ । राससमा मैथिली र नेपाल भाषामा पनि जोडेका छौँ । हामी अब चाँडै तामाङ भाषामा पनि गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?