
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा लागु औषध बेचबिखनको आरोपमा २० वर्षीया मनिषा ठाकुर पक्राउ परिन्।
- प्रहरीले कोठामा २१ हजार ५ सय ट्रमाडोल ट्याब्लेट र नगद २ लाख २५ हजार बरामद गर्यो।
- उहाँविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान सुरु भएको छ।
५ असार, काठमाडौं । लागु औषध बेचबिखनको आरोपमा एक महिला काठमाडौंबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा जनकपुर घर भइ काठमाडौं–१५ बस्ने २० वर्षीष मनिषा ठाकुर छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
लागु औषध बेचबिखन गरेको सूचनाका आधारमा उनको कोठामा प्रहरीले खानतलासी गरेको थियो ।
सो क्रममा २१ हजार ५ सय ट्याब्लेट ट्रमाडोल, २६० पिस फेनारगन, २६० पिस डाइजापा र २६० पिस नुर्फिन बरामद भएको प्रहरीले बताएको छ ।
साथै २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकी ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4